३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्ला २४ घण्टामा तनहुँको भिमाद नगरपालिका–८ का ५३ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका–१ का ८४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३५ जना पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७१२ जना छ भने होम आइसोलेसनमा एक हजार ५१७ जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म तीन लाख २४ हजार ३६१ जनाको कोरोना परीक्षण गरिएको छ भने ८३ हजार ९३८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये हालसम्म ८० हजार ८९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै तिलोत्तमाको राममणिमा अभिमुखीकरण नेकपा (मसाल) प्यूठानका संस्थापक गुरुङको निधन जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक