१२ असार २०७९, आईतवार

Jun 26, 2022

दाङ । हावाहुरीसहित मङ्गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्षति गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको रु २५ लाख र संस्थाको रु २५ लाख गरी कूल रु ५० लाखको लागतमा गरिएको गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिए । तरकारी खेतीका लागि पटेक क्षेत्रमा चिनिने भट्टेगाउँको दुई बिघा बढी जमिनमा टनेलमा गोलभेँडा खेती गरिएको थियो ।

हावाहुरीले १४० टनेलमा गरिएको गोलभेँडा खेतीलाई पूर्णरूपमा क्षति पु¥याएको संस्थाका अध्यक्ष वलीले जानकारी दिए । पाक्न लागेका गोलभेँडा दशैँअगावै बिक्रीका लागि किसानले तयारी गरिरहेका थिए । एक्कासी हावाहुरी तथा पानी नष्ट गरेपछि किसान चिन्तित छन् । सहकारीमा आवद्ध भएर सो गाउँका १०० बढी किसानले तरकारी खेती, बाख्रापालन, भैँसीपालन गर्दै आएका छन् । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा ४३ प्रतिशत भूमिमा खेती, ५० प्रतिशतमा मात्रै सिंचाई सुविधा विद्यालय गएका छात्र खोलामा मृत फेला धान दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने २७ किलो गाँजासहित दुई युवक पक्राउ सैनामैनामा ३ दिने अगरबत्ती बनाउने तालिम, आत्मनिर्भरका लागि टेवा पुर्याउने कटुवा पेस्तोलसहित भरतपुरबाट एक युवा पक्राउ प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री शिक्षाको बिकासका लागि सञ्चार सवलीकरणमा सरोकारवालाको जोड विदेशी कम्पनीलाई सुम्पिएको सम्झौता च्यातिनुपर्छः पूर्वसञ्चारमन्त्री बाँस्कोटा वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी पश्चिमाञ्चल यातयात समितिका लोकराज महासंघको वरिष्ठ उपाध्यक्ष र लुम्बिनी संयोजकमा पाण्डे समृद्धिका लागि स्थानीय तहका जिम्मेवारी व्यापार संघद्वारा बुटवल मण्डपको नाम परिर्वतन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह कांग्रेस रुपन्देहीले जनप्रतिनिधिलाई प्रशिक्षण तथा बधाई दिने तिलोत्तमामा डुवान हुन नदिन पूर्व तयारी निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न रौतहटका स्थानीय तहका प्रमुखहरूसँगआग्रह रुपन्देहीको पूँजीगत खर्च २६‍.०५ प्रतिशत मात्र गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला नेप्से परिसूचक ९४ अंकले बढ्याे