ताजा अपडेट »

अखिल क्रान्तिकारी रुपन्देही जिल्ला अध्यक्षमा कपिल चापागाईं

मंगलबार, २९ भदौ २०७८, १२ : २४
4 Shares

बुटवल । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रुपन्देहीको अध्यक्षमा कपिल चापागाईं चयन भएका छन् ।

सोमबार बुटवलमा सप्पन्न २२ औं जिल्ला सम्मेलनले चापागाईंको नेतृत्वमा ७१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । उपाध्यक्षमा टिकाराम आचार्य, सपन पौडेल, प्रशान्त बञ्जाडे, काशिराम आचार्य र सचिवमा सागर न्यौपाने, सहसचिवमा प्रचण्ड न्यौपाने, सृजना पौडेल, कोषाध्यक्षमा बिष्णु प्रसाद ज्ञवाली र मधेस प्रतिनिधिको लागि मोति यादव लगायत लाई सर्वसम्वत रुपमा चयन गरेका छ ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नका लागि अखिल क्रान्तिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । अहिलेको अवस्थामा सरकारी स्वामित्वमा रहेका स्कूल, कलेज, विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुमा पनि सर्वसाधारण जनताको पहुँच पुर्याउन नसकेको बताउँदै द्वैध शिक्षा प्रणाली खारेज गरी आम नागरिकहरुको पहुँचमा हुने खालको वैज्ञानिक समाजवादी शिक्षा लागू गर्न अनिवार्य र अपरिहार्य रहेको उनले बताए ।शैक्षिक क्षेत्रको निजिकरण र व्यापारिकरण अन्त्य गरिनुपर्ने भन्दै त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्नुपर्नेमा उनले जोड दिए ।

सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, माओवादी केन्द्र रुपन्देहीका ईन्चार्ज टंकमणि शर्मा, जिल्ला पाटि संयोजक निर्मल जिसि, अखिल क्रन्तिकारी केन्द्रीय सचिव नरेश रेग्मी विद्यार्थी केन्द्रय नेता अनुप पोख्रेल, रुपेश पौडेल लगायत रुपन्देही जिल्ला भित्र रहेका बिभिन्न क्याम्पसहरुबाट प्रतिनिधित्व गरि आएका बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।