३० श्रावण २०७९, सोमबार

Aug 15, 2022

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ :१५ मा शुरु हुनेछ । नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । अमेरिकाले पनि नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । अमेरिकाले दुवै खेल जितेको थियो ।

यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ । सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । ओमान १६ अङ्क जोडेर शीर्ष स्थानमा छ । बाह्र अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ । स्कटल्यान्ड नौ अङ्कका साथ तेस्रो, नामिबिया आठ अङ्कसहित चौथो, युएई सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्युगिनी अङ्कविहीन रहँदै पुछारमा छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सुनको मूल्य ४०० रुपैयाँ घट्यो लुम्बिनी सरकारको आम्दानीः तलब भत्ता समेत पुग्दैन, कर्मचारी पाल्न ‘अरुको भर’ फलफूल र तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी शुद्धोधन ३ मा सुकुम्बासी जग्गा नापजाँच सुरु २४ वर्षीया पुष्पा बुढाथोकी १ महिनादेखि सम्पर्कबिहीन भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु: माेदी साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फाेटाेफिचर) राप्रपा नेपालको केन्द्रिय समिती बैठक शुरु, प्रतिवेदनहरु प्रस्तुत हुदैँ कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयोः मन्त्री चौधरी मध्य भोटेकोशी जलविद्युत अझै १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा श्रावणको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड रुस्दीमाथि छुरा प्रहारः चुकिल लगाएर कोठाभित्रै बस्छन् आक्रमणकारीका बाबु कमल थापाले गरे राष्ट्रपति भण्डारीको निर्णयलाई स्वागत माओवादी स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै ७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत रुपन्देहीमा अज्ञात समुहको गोली प्रहारबाट बिकास गुरुङ घाइते नागरिकता विधेयक : यस्तो छ अबको संसदीय प्रक्रिया बुटवलको सडकको अवस्थाः जनसरोकारको बिषय बुटवलमा आज बिहानैदेखि ७ घण्टा विद्युत अवरुद्ध हुने विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा