ताजा अपडेट »

प्रदेश सरकारको योजनालाई सफल बनाउने गरी काम गर्न कर्मचारीलाई मुख्यमन्त्री केसीको निर्देशन

मंगलबार, २२ भदौ २०७८, १६ : ४७
4 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी. ‘सोनाम’ ले प्रदेश सरकारले लिएको योजनालाई सफल बनाउनको लागि कर्मचारीहरुले दत्तचित्त भएर काम गर्नका लागि निर्देशन दिएका छन् । निजामती कर्मचारी सेवा दिवश–२०७८ को अबसरमा सरकार सफल बनाउनको लागि कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले प्रदेश सरकारको राजनीतिक दृष्टिलाई जनतामा दिदा चित्त बुझ्दो जनगुनासो आउन नदिनका लागि कर्मचारीहरु प्रशासनलाई नयाँ अभियानमा लाग्नका लागि अनुरोध गरे । उनले जनताको सेवाको लागि आएकोले जनतालाई सेवा गर्नका लागि प्रदेश सरकार र निजामति क्षेत्रका कर्मचारीहरु एक भएर अगाडि बढ्नु पर्ने बताए ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारले निजामति प्रदेश सेवा कानून बनाएर अगाडि बढ्ने कुरामा प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । उनले मन्त्रालयको जिम्मेवारी वाडफाड भएमा सबैले सहयोग गर्नुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।