१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

काठमाडौं । पछिल्लो २४ घण्टामा भैरहवामा सबै भन्दा धेरै पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवामा २४ घण्टामा १६५ मिलिमिटर पानी परेको हो । देशकै सबैभन्दा धेरै पानी पर्ने क्षेत्र पोखरामा भने ७० मिलिमिटर मात्र पानी परेको विभागको तथ्याङ्क छ । भैरहवा पछि वीरेन्द्रनगरमा १०४ मिलिमिटर पानी परेको र नेपालगञ्ज ७६ मिलिमिटर पानी परेको छ ।

Advertisement

त्यसै गरी जनकपुर ५९ मिलिमिटर पानी परेको छ । विभागले देशको मुख्य १६ क्षेत्रबाट संकलन गरेको तथ्याङक अनुसार सबैभन्दा कम पानी जुम्लामा ०.७ मिलिमिटर परेको छ भने त्यस पछि विराटनगरमा २.८ र दिपायलमा ३.३ मिलिमिटर परेको थियो ।

मुख्य ७ नदीको १५ स्थानमा बाढीले खतराको तह पार गर्यो
लगातारको वर्षाले देशका मुख्य सात नदीको १५ स्थानमा बाढीले खतराको तह पार गरेको छ । नारायणी, तिनहु, वाणगंगा, बागमती, कोशी, र कमला नदीको १५ स्थानमा २८१ मिलिमिटरसम्म पानी परेको बाढी पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाले २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई खतराको तह मानेर सतर्कता अपनाउन भन्दै सूचना जारी गर्नेगरेको जनाएको छ । मुख्य गरी नवलपुर, कपिलबस्तु, बारा, सिन्धुली, चितवन, धनुषा, स्याङजा, डडेलधुरा क्षेत्रमा अत्याधिक बाढी आएको विभागले जनाएको छ । विभागले २०७ वटा स्टेशनबाट देशैभरका नदीहरुमा बाढीको मापन गर्ने गरेको छ ।

निरन्तरको बर्षाका कारण आकस्मिक बाढीसँगै नदिमा पानीको बहाव बढ्ने हुनाले सावधानी अपनाउन विभागले दैनिक रुपमा सूचना जारी गर्दै आएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठले जानकारी दिए । कोशी, बागमती, नारायणी, पश्चिम राप्ती, ववई, कर्णाली र महाकाली नदीको ८८ वटा स्थानमा स्टेशन राखी नियमित पानीको सतह हेरेर सचेत गराउँदै आएको छ ।

शुक्रबार सुदूरपश्चिम क्षेत्र र शनिबार उदयपुर काठमाडौं उपत्यका, सिन्धुली, दाङ क्षेत्रका नदीहरुमा बाढीको सम्भावना बढी भएको समेत विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु