ताजा अपडेट »

नेपाल अलग भएपछिको एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु

विहीबार, १० भदौ २०७८, १३ : ०३
4 Shares

काठमाडौँ । नेता माधवकुमार नेपालले अलग पार्टी दर्ता गरेपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

केन्द्रीय सदस्य समेत रहेका तामाङका अनुसार १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुनेछ । त्यस्तै तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने रहेकोछ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।