ताजा अपडेट »

लुम्बिनी प्रदेशसभाको बैठक सुरु, एमालेद्वारा नारावाजी

सोमबार, ०७ भदौ २०७८, १३ : ४९
6 Shares

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदले अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै नाराबाजी गरि रहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै सभामुखलाई पत्र बुझाएको थियो । एमालेले सांसदद्व शाही र वलीलाई पदमुक्त गर्न माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।