ताजा अपडेट »

विमानमा जन्मियो बच्चा

आइतबार, ०६ भदौ २०७८, १५ : ३४
6 Shares

काठमाडौँ । अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगान महिलाले बच्चा जन्माएकी छिन् ।  आइतबार यूएस एयर मोबिलिटी कमान्डले ट्वीटरमा यसको जानकारी दिँदै एउटा थ्रेड पोस्ट गरेको छ जसमा महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट जर्मनीको यात्रा गरिरहेका बेला बच्चा जन्माएको जानकारी दिइएको छ । 

महिलाको स्थिति बिग्रँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको दबाब बढाउनका लागि कम उडान भरे । उनकी आमाले जीवन रक्षामा मद्दत गरिन् तत्पश्चात् उनको स्थितिमा सुधार आयो । 

https://twitter.com/AirMobilityCmd/status/1429221286341980163?s=20

जब विमान अवतरण भयो तब अमेरिकी सैन्य डाक्टर त्यसमा सवार भए र बच्चा जन्माउन मद्दत गरे । आमा र बच्चा दुबै खतराभन्दा बाहिर छन् र उनलाई नजिकैको अस्पतालमा लगिएको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।