१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

रसुवा । रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिकरूपमा भक्तजन गोसाइँकुण्ड गइरहेका छन् ।

Advertisement

भोलि जनै पूर्णिमा पर्वका लागि पवित्र कुण्डमा स्नानका लागि करिब दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख  देवेन्द्र पाण्डेले जानकारी दिए । बढ्दो कोरोना सङ्क्रमणप्रति सजगता अपनाउँदै मास्क लगाउन, सामाजिक दूरी कायमको जागरण एवं धार्मिक मार्गको सुरक्षा व्यवस्था मजबुत पार्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गस्ती परिचालन गरिएको प्रहरी प्रमुख पाण्डेले बताए ।

औपचारिकरूपमा मेला स्थगन भए पनि तीर्थका लागि एक्कासी यात्रुको चाप बढेका कारण उच्च भागमा लेक लागेर पर्न सक्ने समस्यालाई दृष्टिगत गरी सुरक्षा व्यवस्थाका साथै नेपाली सेनाको उद्धार टोलीसमेत तयार गरिएको प्रजिअ ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

सामाजिक दूरी कायम गराउने कार्यमा सशस्त्र प्रहरीसहितको सुरक्षा अङ्ग परिचालन गरिरहेको बताइएको छ । समुद्र मन्थन गर्दा निस्केको कालकुट सेवन गरी प्राणीजगत्लाई रक्षा गर्ने महादेव शिवको दर्शन गर्न जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने धार्मिक मान्यताअनुरूप भक्तजनले विशेष पर्वमा स्नान गर्न निलाद्री पर्वत पुग्ने गरेका छन्  । रासस

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही-५ को कञ्चनमा सांसद बासुदेव घिमिरेको सम्पर्क कार्यालय बुटवलको कालिका क्याम्पसमा वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम तिलोत्तमाको विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रको नयाँ भवनबाट सेवा शुभारम्भ अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’