ताजा अपडेट »

पत्रकारले विकृति, विसंगति,भष्ट्रचार र विभेदको विरुद्धमा कलम चलाउनुपर्छ: पुर्वमन्त्री बराल

शुक्रबार, ०४ भदौ २०७८, १६ : ३३
12 Shares

देवदह । लुम्बिनी प्रदेशका सांसद तथा पुर्वमन्त्री सुदर्शन बरालले पछिल्लो समय पत्रकारहरुले गलत कार्यको ढाकछोप गर्ने गरेको बताएका छन् । शुक्रबार प्रेस संगठन नेपाल रुपन्देहीको जिल्ला समिति बैठकलाई सम्बोधन गर्दै सांसद बरालले उक्त कुरा बताएका हुन् ।

पत्रकारहरुको बैठकलाई सम्बोधन गर्दै माओवादी नेता समेत रहेका बरालले ठुला कर्पोरेट मिडियाहरुले जनतालाई विचारको राजनीतिबाट पाखा लगाउन खोजेको उल्लेख गर्दै क्रान्तिकारी पत्रकारहरुले श्रमजीविहरुको आवाज उठाउन छोड्न नहुनेमा पत्रकारलाई सजग गराए । देशभरमा भैरहेका विकृति, विसंगति र भष्ट्रचारको विभेदमा कलम चलाउन क्रान्तिकारी पत्रकार डराउन नहुने बताउदै उनले शासक वर्गले समाजमा भ्रम सिर्जना गरिरहेको र त्यस्ता भ्रमलाई चिर्न प्रेस संगठनका पत्रकार लाग्नुपर्ने बताए ।

त्यसैगरी उक्त बैठकलाई सम्बोधन गर्दै प्रेस संगठन लुम्बिनी प्रदेशका संयोजक मानसिंह विकले पछिल्लो समयमा साभार गर्ने पत्रकारिताको विकृति रहेको बताउँदै मर्यादित भएर खोज पत्रकारिता गर्न पत्रकारहरुलाई सुझाए । भेलामा नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला सचिव निर्मल जि। सी, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रुद्रहरी कुवर लगायतले मन्तव्य राखेका थिए ।

प्रेस संगठनको उक्त बैठकले संगठनको कार्यविभाजन र वार्षिक कार्ययोजना तय गरेको सचीव विष्णु पोखरेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।