ताजा अपडेट »

महन्थको पार्टीको नाम फेरियो

शुक्रबार, ०४ भदौ २०७८, १४ : ५०
10 Shares
शुक्रबार, ०४ भदौ २०७८
10 Shares

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिवर्तन भएको छ । निर्वाचन आयोगमा शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को नाममा दर्ताका लागि पुनः निवेदन दिइएको जसपाका नेता सुरेन्द्र झालेलाई बताए ।

यसअघि महन्थ ठाकुर समूहले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । बिहीबार जसपाले आफ्नो पार्टीको मिल्दाजुल्दो नाम महन्थ ठाकुरलाई नदिन माग गर्दै आयोगमा निवेदन दिएको थियो । त्यसपछि शुक्रबार ठाकुर समूहले आयोगमा आग्रहमा नाम फेर्दै लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि पुनः निवेदन दिएको हो ।

नयाँ पार्टीमा ३१ जनाको कार्यकारिणी समिति सदस्य रहेका छन् भने एक जना वरिष्ठ नेता थपिएको छ । यसअघि राजेन्द्र महतोलाई मात्रै वरिष्ठ नेता बनाइएकोमा अध्यावधिक विवरणमा शरतसिंह भण्डारीको नाम पनि थप गरिएको झाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।