१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

कर्णाली। कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’का अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन। उनले यस अवसरमा आज कर्णालीवासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै विशेषगरी कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो जीवनको उत्सर्ग गर्ने महान् शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन।

एक शुभकामना सन्देश जारी गर्दै उनले भने , “कर्णाली प्रदेश स्थापनार्थ दुई साता लामो आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजुवारको सहादतपश्चात विसं २०७२ भदौ ४ गते आजकै दिन कर्णाली प्रदेशको स्थापना भएको हो, प्रदेश प्राप्तिका लागि जीवन बलिदान गर्नुहुने चारै जना शहीदको सपना साकार पार्न मन, वचन र कर्मले अविचलितरूपमा समर्पित रहन हामी सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”

‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ यस ऐतिहासिक महत्वको दिनले कर्णाली प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच हासिल गर्न अझ प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रदेश प्रमुखले दिएका हुन् । सो अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध  रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू