ताजा अपडेट »

बस पार्कमा ८ करोडको अत्याधुनिक व्यवसायिक भवन

आइतबार, २६ साउन २०७६, ११ : १७
12 Shares

साउन २६,
बुटवल । बुटवलको लुम्विनी बस टर्मिनल (बस पार्क)मा बन्न लागेको व्यवसायिक भवनको आज शिलान्यास गरीएको छ । ८करोड रुपैयाको लगानीमा एक वर्षमा निर्माण पुरा हुने लक्ष्य रहेको व्यवसायिक भवनको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले शिलान्यास गरे ।

त्यस अवसरमा बोल्दै नगर प्रमुख सुबेदीले बुटवलमा जनसंख्या र घर निर्माण बढेसंगै जग्गाको अभाव हुन थालेकाले ठूला व्यवसायिक भवन र आवास निर्माणका लागि नगरपालिकाले बीज्ञहरु मार्फत अध्ययन गरीरहेको बताए । उनले भने 'साना साना घर बनाएर बस्ने र व्यवसाय गरेर अव यहाको बिकास सम्भव छैन १९/२० तले भवन बनाउनु पर्छ त्यसका लागि बीज्ञहरुको अध्ययन पश्चात कति तलाका ठुला भवन बनाउने नगरपालिकाले निणर्य गर्ने छ ।' व्यवसायिक भवन निर्माणले बुटवलमा बस्न घुम्न समय नहुनेले टर्मिनलको व्यवसायिक भवनमा सामान किनेर गन्तव्यमा जादा यात्रुलाई सुबिधा हुने र व्यवसायिक भवनबाट हुने आयले नगरपालिकाको आम्दानीमा सानो भएपनि सहयोग पुग्ने बताए ।

नगरप्रमुख सुबेदीले नगरपालिकाले भवनको निर्माणमा कुनै कम्प्रमाइज नगर्ने बताउदै गुणस्तरीय सामाग्रिको प्रयोग गरी निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । स्थानीयलाई निर्माणका सम्वन्धमा चासो राखि रहन पनि आग्रह गरे । निर्माण कम्पनी प्रेम सुनिल समिर जेभिका प्रोपराईटर नारायण पोख्रेलले निर्माणकार्य तोकीएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता गरे । तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवल उपमहानगरपालिकाका योजना प्रमुख ईञ्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नम्वर ९ का अध्यक्ष बिष्णु थापाको सभापतित्व र इञ्जिनियर रुक्मागत बस्यालको सञ्चालनमा शिलान्यास कार्यक्रम भएको थियो । शिलान्यास कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य, वडा नं. ९ का अध्यक्ष विष्णुबहादुर श्रेष्ठ, वडाअध्यक्षहरु जगदिशचन्द्र आचार्य, पदमबहादुर थापा, भीमबहादुर श्रेष्ठलगायत कार्यपालिका सदस्य, व्यवसायिक संघ संस्थाका प्रमुखहरुको सहभागिता थियो । बसटर्मिनल परिसरमा बन्ने यो अत्याधुनिक भवन नगर विकास कोषसंगको विशेष सहकार्यमा निर्माण हुन लागेको हो । यस्का लागि बुटवल र कोषका बीचमा गत फागुनमा सम्झौता भएको थियो । निर्माण कम्पनीले भने करिब आठ करोड रुपैयाँमै निर्माण गर्न सक्ने भन्दै ठेक्का सम्झौतामा हस्ताक्षर गरेर काम सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।