ताजा अपडेट »

जिप दुर्घटना : १ जनाको मृत्यु ,४ गम्भीर घाइते

शुक्रबार, २४ साउन २०७६, २१ : १४
12 Shares


साउन २४,
ग्लोबल आवाज
गुल्मी । गुल्मीमा शुक्रवार साँझ जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा नम्बर ३ गौंडाकोटमा लु २ च ५४७५ नम्बरको जिप दुर्घटना हुँदा छत्रदेव गाउँपालिका ४ निवासी ४८ वर्षिय चालक हरिप्रसाद पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताए ।
दुर्घटनामा परेर घाइते भएका पाण्डेयलाई उपचारमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जजनाएको छ ।

गम्भीर घाइतेहरु ४ जनाको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको छ । दुर्घटनामा रेसुङ्गा नगरपालिका बिभिन्न ठाउँमा बस्दै आएका दिपक बिक, शेरबहादुर बिक, बोजेन्द्र र अर्घाखाँची घर भएका कृष्ण पाण्डेय रहेको छन् । घटना स्थलमा स्थानिय नेपाल प्रहरी, शसस्त्र प्रहरीले उद्धार गरेका थिए । दुर्घटनामा परेको जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । शुक्रवार बिहानै सत्यवती गाउँपालिकाको वडानम्बर ६ मा जिपले ठक्कर दिँदा ३ वर्षिय बालिका घाइते भएकी थिइन् । उनको पनि पाल्पामा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।