ताजा अपडेट »

‘आदिवासीको मुद्दालाई कम्जोर बनाएर राष्ट्रियता सम्भव छैन’

शुक्रबार, २४ साउन २०७६, १८ : ०८
4 Shares

सरकार अधिनायक वादको चरम रुपमा : कांग्रेस सचेतक खाँण

साउन २४,
ग्लोबल आवाज

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँणले आदिवासी जनजातिलाई कम्जोर बनाएर राष्ट्रियताको कुरा गर्न नसकिने उल्लेख गरेका छन् । २५ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुटवलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले आदिवासीहरुका मुद्दाहरुलाई सरकार र सदनमा समेत कम्जोर गर्न खोजिएको आरोप लगाए । लोकसेवा आयोगले खोलेको कर्मचारी भर्ना विज्ञापनमा समेत आदिवासी जनजातीलाई विभेद गरिएको भन्दै नेता खाँणले विज्ञापन रद्दगर्न माग गरे । अधिकारका लागि सडक, सदन र सरकार तीनै पक्षको प्रयोग गर्न सुझाब दिँदै कांग्रेस सचेतक खाँणले अघि भने–‘मुलुकमा लोकतन्त्र कम्जोर भयो भने आदिवासी जनजातिको अधिकार पनि कम्जोर हुन्छ, लोक तन्त्र सबैकुराको प्राप्ति र समाप्ति होइन, संघर्षको प्रारम्भ पनि हो ।’

एक फरक प्रङ्गमा कांग्रेस सचेतक खाँणले सरकार अधिनायक वादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । ‘मुठभेदको नाममा आम नेपाली नागरिकलाई हत्या गर्दै हिड्ने सरकारको अधिकार छैन’–नेता खाँणले अघि भने ‘मुलुकमा जे जति हिंसात्मक घटना भएका छन् त्यो मानव अधिकारको गम्भीर उल्लंघन हो ।’ नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीलाई सरकारले लगाएको प्रतिवन्धतर्फ इङ्गित गर्दै नेता खाँणले सोझै प्रधानमन्त्रीको निर्देशनबाट सेना परिचालन हुनु अधिनायक वादको रकम रुप भएको उल्लेख गरे । विप्लब नेतृत्वका माओवादी कार्यकर्तालाई समेत हिंसामा नलाग्न सुझाव दिँदै उनले शान्तीपूर्ण संघर्षको बाटोमा आउन आग्रह गर्दै नेपाली कांग्रेसले हिंसालाई कुनै पनि हालतमा प्रोत्साहन गर्न नसक्ने स्पष्ट पारे ।

नेपाल आदिवासी जनजाती महासंघ रुपन्देहीले आयोजना गरेको वृहत सभामा बोल्दै प्रदेश ५ का सांसद तुलाराम घर्ति (बसन्त)ले वर्तमान संविधानले आदिवासीका मुद्दाहरुलाई आंसिक रुपमा सम्बोधन गरेको उल्लेख गर्दै क्रमिक रुपमा परिवर्तन तथा सच्याउँदै लैजानु पर्ने उल्लेख गरे । बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको र्याली ट्राफिक चोक, पुष्पलाल पार्क, राजमार्ग चौराहा लगायत बुटवलका विभिन्न ठाउँको परिक्रमा गरी बुटवल मण्डपमा पुगी सभामा परिणत भएको थियो । विभिन्न जात–जातीका पहिरन तथा जातीय सँस्कृति झल्कीने झाकीहरुसहित रुपन्देहीका विभिन्न ठाउँबाट प्रतिनिधित्व गर्दै र्यालीमा सहभागी भएका थिए । आज समापन गरिएको सप्ताहव्यापी विश्व आदिवासी दिवसका अवसरमा आयोजीत विभिन्न प्रतियोगिता तथा कार्यक्रममा सहभागिहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।