ताजा अपडेट »

ग्लाेबल टी-२० मा सन्दिपको २ विकेट

शुक्रबार, २४ साउन २०७६, १२ : ५७
6 Shares

साउन २४,
काठमाण्डौं । नेपाली युवा बलर सन्दिप लामिछानेले ग्लोबल टी–२० क्रिकेट लिग अन्तर्गत विनिपेग हक्स विरुद्धको इलिमिनेटर खेलमा दुई विकेट लिए । उनले चार ओभरमा चौतिस रन दिएर दुई विकेट लिए । सन्दिपले आफ्नो पहिलो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भए ।

टिमको तेस्रो तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका उनले पहिलो बलमा उमर अकमाललाई एक रनमा आउट गर्न सफल भए । तर त्यसपछि उनले तीन चौका खान पुगे । जसका कारण उनले पहिलो ओभरमा १३ रन खर्चिदै एक विकेट लिए । त्यसपछि ब्यक्तिगत दोस्रो ओभरमा सन्दिपले राम्रो बलिङ गरे उनले सो ओभरमा मात्र सात रन खाए । सुरुवाती चार बलमा तीन रन दिएका उनले पाँचौ बलमा चौका खाए भने छैटो बलमा एक रन खर्चिए । जसका कारण उनले दुई ओभरमा २१ रन दिएर एक विकेट लिए ।

सन्दिपले ब्यक्तिगत तेस्रो ओभरमा नौ रन दिए । पहिलो बल डट फालेका उनले दोस्रो, तेस्रो बलमा एक एक रन दिए । त्यसपछि चौथो बल फेरी उनले डट फाले । पाँचौ बलमा एक रन दिएको सन्दिपले अन्तिम बलमा छक्का खान पुगे । ब्यक्तिगत चौथो तथा अन्तिम ओभरमा सन्दिपले उत्कृष्ट बलिङ गरे । उनले सो ओभरमा मात्र चार रन दिएर एक विकेट लिन सफल भए । जसमा सन्दिपले पहिलो बल डट फाले भने दोस्रो बलमा दुई रन दिए । तेस्रो बल फेरी डट फालेका उनले चोथो बलमा साहेलको विकेट लिन सफल भए । उनले सोहेललाई ३६ रनमा पेभेलियनको बाटो देखाए । त्यसपछि बाँकी दुई बलमा दुई रन दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।