ताजा अपडेट »

आज सन्दिपको टिम खेल्दै, सोमपालको खेलमा बर्षा बाधक

बुधबार, २२ साउन २०७६, ११ : ०९
4 Shares

साउन २२,
काठमाण्डौं । बर्षाका कारण ग्लोबल टी–२० मा नेपाली बलर सोमपाल कामीको टिम विनीपेग हक्स र भ्यानकुभर नाइट्स विचको खेल रद्द भएको छ । जसका कारण दुबै टिमले एक एक अंक बाढेका छन ।

भारी बर्षा भएर पहिलो खेल रद्द हुँदा दोस्रो खेलपनि संभव भएन । जसका कारण अम्पायर लामो समयको पर्खाईपछि खेल नहुने निश्चित गरे । बर्षाका कारण मैदानको आउटफिल्ड खेल्न योग्य नभएको र पिच पनि केहि ओसिलो भएकाले रद्द भएको हो । यो खेलमा नेपाली बलर सोमपाल कामी खेल्ने नखेल्ने निश्चित भने थिएन । यो बराबरीले तेस्रो स्थानमा रहेको विनिपेग हक्सको ६ खेलबाट ५ अंक भएको छ ।

प्रतियोगितामा आज अर्का नेपाली खेलाडी सन्दिप लामिछानेको टिम टोरन्टो नेश्नल्सले मोन्ट्रेल टाइगर्ससँग खेल्नेछ । अहिलेसम्म खेलेका ५ खेलमा दुईमा मात्र जित निकालेको टोरन्टो लिगको चौथो स्थानमा रहेको छ । प्रतियोगितामा नेपाली बलर सन्दिपले दुई खेलमा दुई विकेट हात पारेका छन । जसमा उनले पहिलो खेलमा एक र दोस्रो खेलमा एक विकेट लिएका थिए । पहिलो खेलमा केहि महंगो बनेका उनी दोस्रो खेलमा राम्रो प्रदर्शन गरेका थिए । आज पनि उनी टिममा पर्ने संभावना बलियो बनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।