ताजा अपडेट »

गठबन्धनमा आवद्ध शीर्ष नेताको छलफलअघि देउवा-दाहाल भेटवार्ता

विहीबार, १४ साउन २०७८, ०९ : ५४
6 Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता भएको छ ।प्रधानमन्त्री देउवाको सचिवालयकाअनुसार गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठकअघि देउवा-दाहालसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच संयुक्त छलफल भएको हो ।

छलफलमा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनर्मोर्चा सरकारमा सहभागी नहुने भएपछि जसपासहित कसले कति मन्त्रालय लिएर मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।यो छलफल लगत्तै गठबन्धनमा आवद्ध अरू दलका शीर्ष नेताहरुबीच पनि संयुक्त छलफल गरी आजै मन्त्रालय बाडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रम टुंग्याएर शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ ।

हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् । महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन् । सरकार गठन भएको दुई साता हुँदा पनि गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।