ताजा अपडेट »

नाट्टा पर्यटन पुरस्कार पत्रकार ढुङ्गानालाई

शनिबार, १८ साउन २०७६, १० : ४७
2 Shares


साउन १८,

ग्लोबल आवाज
भैरहवा । नाट्टा पर्यटन पत्रकारिता पुरस्कार–२०७६ पत्रकार माधब ढुंगानालाई प्रदान गरिएकोछ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स प्रदेश ५ को नवनिर्वाचित पदाधिकारिको पदस्थापनाको अवसरमा कान्तिपुर दैनिकका उपसम्पादक ढुंगानालाई नगद सहित प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरिले सम्मान गरेका हुन् ।

सो अवसरमा नाट्टा प्रदेश–५ का नवनिर्वाचित अध्यक्ष कृण्ण प्रसाद अधिकारी (सागर)को टिमलाई निवर्तमान अध्यक्ष बिष्णु शर्माले पदस्थापन गराएका थिए । नाट्टा पर्यटन पत्राकारिता पुरस्कारबाट यश अघि पत्रकार रेखा भुसाल, मनोरन्जन शर्मा र अरुण ज्ञवाली पुरस्कृत भइसकेका छन् । पर्यटन क्षेत्रमा रिपोर्टिङ गर्ने प्रदेश ५ कार्यक्षेत्र भएका पत्रकाररु मध्येबाट हरेक वर्ष नाट्टाले एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।