९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

नेपालको नारा ‘शिक्षामा रुपान्तरण : उद्यमशीलता र नवप्रवर्तन’

साउन १६,

Advertisement

काठमाडौँ, । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ । 
आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तरराष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्तरण : उद्यमशीलता र नवप्रवर्तन’ रहेको छ ।गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट शिक्षामा रुपान्तरण गर्ने र सोको प्रतिफलस्वरुप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवर्तनमा टेवा पु¥याएर राष्ट्रिय लक्ष्यसँग जोड्ने अभिप्रायका साथ नेपालको नारा तय गरिएको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिनुभयो । 
उहाँका अनुसार दिवसका अवसरमा मन्त्रालय र परिषद्को आयोजनामा विभिन्न युवा लक्षित कार्यक्रम हुने भएका छन् । दिवसलाई सफल पार्नका लागि खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को संयोजकत्वमा २०१ मूल समारोह समिति र परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलको संयोजकत्वमा १७ सदस्यीय सचिवालयको समेत गठन गरिएको छ ।दिवसका अवसरमा साउन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी विभिन्न कार्यक्रमसमेत गरिने भएको परिषद्का सूचना अधिकारी ध्रवराज पौडेलले जानकारी दिनुभयो ।

दिवसलाई देशव्यापीरुपमा मनाउन प्रदेश सरकार र स्थानीय सरकारसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई आआफ्नो स्थानमा नेपालले तय गरेको नारासँग सम्बन्धित रहेर विभिन्न स्थानमा मौलिकरुपमा मनाउन अनुरोधसमेत गरेको परिषद्का उपसचिवसमेत रहनुभएका पौडेलले जानकारी दिनुभयो ।दिवसको अवसरमा प्रधानमन्त्री प्रतिभा पुरस्कार घोषणा र वितरण, युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम, युवा संवाद कार्यक्रम, युवा उद्यमी सिर्जना कक्ष प्रदर्शनी, युवालाई उत्प्रेरणा र सकारात्मक सन्देश दिन सांस्कृतिक कार्यक्रमसमेत राखिएको छ ।

यसैगरी साउन २७ र २८ गते दुई दिनसम्म युवा उद्यमी कार्यक्रमसमेत गरिने भएको छ । यसैगरी दिवसका अवसरमा वाग्मती सफाइ अभियान, खेलकूद कार्यक्रम र रेडियो तथा टेलिभिजनमा युवाको अवस्था, सम्भावना र अवसर सम्बन्धमा परिसंवाद कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ ।नेपालमा सन् २००४ र अन्तरराष्ट्रिय दिवस सन् २००० देखि मनाउन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्ने उद्देश्यले दिवस मनाउन थालिएको हो । नेपालको संविधानमा उल्लेखित युवासँग सम्बन्धित व्यवस्थालाई युवाको पक्षमा कार्यान्वयन गर्नु राष्ट्रिय युवा नीति–२०७२, युथ भिजन–२०२५ तथा अन्तरराष्ट्रिय कानून र युवालक्षित मुद्दा कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा आवाज बुलन्द गर्नु दिवसको उद्देश्य रहेको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिनुभयो । नेपालमा विसं २०६८ को जनसङ्ख्याका आधारमा अहिले ४०.३ प्रतिशत युवा रहेका छन् ।-गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन