ताजा अपडेट »

रोजगारीमा गएका ७ सयको मृत्यु

विहीबार, १६ साउन २०७६, १७ : ४७
4 Shares

साउन १६,

काठमाण्डौं । वैदेशिक रोजगारीको शिलशिलामा गतवर्ष मात्र साढे सात सय भन्दा बढी यूवाको मृत्यु भएको पाइएको छ । गएको आर्थिक वर्ष २०७५/०७६ मा सात सय १५ जनाका परिवारले मृतक कामदारका परिवारलाई दिइने आर्थिक सहायता लिएको बैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको हो ।

वैदेशिक रोजगारीका क्रममा गत वर्ष तीन सय ३५ जना अंगभंग वा गम्भिर बिरामी भएका व्यक्तिले आर्थिक सहायता लिएका बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए । उनका अनुसार बोर्डबाट एक हजार चार सय ३८ जना बैदेशिक रोजगारीमा गएर मृत्यु तथा अंगभंग भएका व्यक्तिका सन्तानलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।