ताजा अपडेट »

कृषिमा बैंकहरूको बेवास्ता : ८.६ प्रतिशत मात्र कर्जा लगानी

सोमबार, १३ साउन २०७६, २२ : ५३
4 Shares

साउन १३,

काठमाडौं । राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायः वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । हालै जारी मौद्रिक नीतिमावाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठसम्ममा ८.६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ ।

राष्ट्रिय महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गए पनि वाणिज्य बैंकहरूले लगानी गर्न आनाकानी गर्ने, झण्झटिलो प्रक्रिया बनाइदिने र ढिलासुस्ती गरिदिनाले कृषि कर्जा सर्वसुलभ नभएको बताए । राष्ट्र बैंकले मौद्रिक नीति साउन ८ गते सार्वजनिक गरेको थियो । सामान्यतः बजेट पेश भएको एक महिीपछि मौद्रिक नीति सार्वजनिक गर्ने चलन छ । यसअघि जारी नीतिलाई निरन्तरता दिँदै राष्ट्र बैंकले पुँजीको पुनः अनिवार्य १० प्रतिशत लगानी कृषि क्षेत्रमा पु¥याउन निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार आर्थिक वर्ष २०५९÷०६० देखि वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । मौद्रिक नीतिले सहुलियतपूर्ण कृषि कर्जा लिने ऋणीको सङ्ख्यामा भने उल्लेखनीय वृद्धि भएको जनाएको छ । असारसम्म सो प्रकारको ऋण लिने किसानको सङ्ख्या १५ हजार ९१६ छ । उनीहरुसँग रु २९ अर्ब ३६ करोड कर्जा बक्यौता छ । सरकारले कृषि कर्जामा पाँच प्रतिशत ब्याजमा अनुदान दिने व्यवस्था गरेको छ । यस वर्ष सहुलियतपूर्ण कर्जाका लागि सरकारले कूल रु एक अर्ब २५ करोड ब्याज अनुदान प्रदान गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।