ताजा अपडेट »

यी हुन मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ४१ सांसद

सोमबार, ०६ बैशाख २०७८, १४ : २०
12 Shares
सोमबार, ०६ बैशाख २०७८
12 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ४१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । सोमबार दिउँसो नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले दर्ता गरेको अविश्वासको प्रस्तावमा भावी मुख्यमन्त्रीका लागि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा आन्तिरक, कानुन तथा न्याय मन्त्री रहेका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

८७ सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका ४१(माधव–झलनाथ समूहका सहित), नेपाली काग्रेसका २०, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टी (जसपा)का ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका छन् । नेकपा एमालेको माधव नेपाल पक्षमा खुलेर लागेका २ जना सांसद रहेका छन् भने माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका २ जना सांसदको पद खारेज भएको छ । माधव कुमार नेपाल पक्षका २ सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेको अवस्थामा २ जना मात्रै सांसद भए मुख्यमन्त्री पोखरेलको पद सुरक्षित हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।