१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताए । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकताप्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको बताए ।

उनले खोप अभियानका लागि अनुमानितभन्दा कम लागतमा सो अभियान सञ्चालन भइरहेको तथा प्रक्रियामा कुनै पनि अनियमितता र अराजकता हुन नदिइने सङ्कल्प गरे । सरकारले महामारीविरुद्ध अग्रपङ्गतिमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई पहिलो प्राथमिकताप्राप्त समूहको पहिलो चरण गत माघ १४ देखि २४ सम्म सञ्चालन गरेको थियो । पचपन्न वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिका लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । पहिलो र दोस्रो प्राथमिकताप्रप्त समूह गरी कूल जनसङ्ख्यामा २० प्रतिशतलाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।

उनले भने, “राजनीतिक र कूटनीतिक प्रयासबाट हामी चाँडै खोप ल्याउन सफल भएका छौँ । यसका लागि सार्वजनिक खरीद ऐनको बाधा अड्काउ फुकाउ गराएर यसको उपलब्धता गराएका छौँ । सीमित देशका सीमित कम्पनीले उत्पादन गरेकाले अझै केही खेपको खरीदमा प्रतिस्पर्धा गराउन सक्ने स्थिति छैन । यस पक्षमा सञ्चारकर्मीहरुले कुनै भ्रम र नकारात्मक टिप्पणी नगरिदिनुहोला । कानूनविपरीतका कुनै पनि काम हामी गर्ने छैनौँ ।’ मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोपको उपलब्धताको जिम्मा सङ्घीय सरकार तथा वितरण र व्यवस्थापनको जिम्मा स्थानीय तहको भएकाले यसमा सबै तहका सरकार र नागरिक समाजको सक्रियता आवश्यक रहेको बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु