ताजा अपडेट »

बालमैत्री नगर घोषणाको अन्तिम चरणमा रामग्राम नगरपालिका

शनिबार, १५ फागुन २०७७, १२ : १६
6 Shares

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा पुगेको छ । बालमैत्री स्थानीय शासन कार्य प्रगतीको विषयमा समीक्षा गरिएको छ ।

रामग्राम नगरपालिकाको आयोजना तथा मैत्री समाज नेपाल नवलपरासीको सहजीकरणमा नगर भित्र बालमैत्री स्थानीय शासनको गतिविधिहरु बारे जानकारी, बालबालिकाको वर्तमानको अवस्थालाई समावेश गरि बालबालिकाको स्थिति पत्र जारी गरी बालमैत्री नगर घोषणा तथा दिगोपानको लागि सरोकारवालाहरुसँग सुझाव संकलन गरिएको छ ।

रामग्राम प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख शिवशंकर रायको उपस्थितीमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख रायले आफू बाल अधिकार जिल्ला समितिको अध्यक्षसमेत रहेकोले रामग्राम बालमैत्री घोषणा भएकोमा खुशी व्यक्त गर्दै छिटै अनुगमनको प्रक्रिया अगाडि बढाएर चैत्र मसान्तभित्र घोषणा गर्ने बताए ।

नगर भित्र रहेको बाल श्रम, बाल बिवाह, शैक्षिक तथा स्वास्थ्य संस्थामा अर्थपूर्ण बाल सहभागिता, लागूपदार्थ तथा सडक बालबालिकालाई विषेश प्राथमिकता दिने बताए । यस्तै नगर प्रमुख गुप्ताले बालमैत्री स्थानीय शासन घोषणालाई प्राथमिकता दिइएकाले केही दिनमा घोषणा गरिने दाबी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।