ताजा अपडेट »

लुम्बिनी प्रहरीद्वारा ३ महिने सचेतना अभियान

सोमबार, २७ पुस २०७७, १४ : ३२
8 Shares

बुटवल । लुम्बिनी प्रदेश प्रहरीले जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि ३ महिने अभियान सञ्चालन गरेको छ । जातीय विभेद तथा बाल विवाह न्यूनीकरणका लागि शुन्य सहनशीलता अपनाउँदै अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया, छलफल, पर्चार पम्पलेट वितरण, कानुनी प्रावधान बारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने भएको छ । पौष २६ गतेदेखि सुरु भएको अभियान आगामी चैत्र १२ गतेसम्म सञ्चालन गरिने अभियानमा लुम्बिनीका १२ वटै जिल्ला, ६३ इलाका प्रहरी कार्यालय र ६५ प्रहरी कार्यालयबाट कार्यक्रमहरु गरिने जनाइएको छ । अभियानको अवधिभर कम्तिमा ३९० वटा सचेतनाका कार्यक्रम गरिने प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।