१७ असार २०७९, शुक्रबार

Jul 1, 2022


वैशाख १५,

Advertisement

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १.७३ प्रतिशतले वृद्धि भएको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.१८ विन्दुले बढेर २८२.८५ विन्दुमा पुगेको छ । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरीद बिक्री भए । पछिल्लो समयमा एकै दिन डेढ अर्ब माथिको कारोवार भएको पहिलो पटक हो । बजार विस्तारसँगै कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ ।कारोवार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर घटेका छन् भने आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ९.०२ र वित्त क्षेत्र ०.६८ विन्दुले घटेका छन् । यस्तै होटल ९०.४, विकास बैंक ६.१, जलविद्युत् ६२.५८, निर्जीवन बीमा ४६२.७९, उत्पादन ४६.३७, अन्य ५.६३, लघुवित्त ९१.०८ र जीवन बीमा ६२९.३८ विन्दुले बढेको छ ।

जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीको शेयर अस्वभाविक तवरले वृद्धि भएपछि सर्किट ब्रेक लगाउनु परेको थियो ।स्टकका अनुसार आज नेपाल बैंकको मात्रै रु २३ करोड १९ लाख ६० हजार ७५० बराबरको कारोवार भएको छ । छिमेकी लघुवित्त विकास बैंकको रु नौ करोड २६ लाख ८३ हजार ४४५, प्राइम बैंक रु सात करोड ७३ लाख ४१ हजार ५२९, नेको इन्स्योरेन्स रु छ करोड २५ लाख ६२ हजार ४०२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एसियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर तथा आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दश प्रतिशतका दरले कमाएका छन् ।यस्तै सनराइज बैंक ४.०४, रिलायन्स फाइनान्स ३.१२, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.०८ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले २.९४ प्रतिशतले गुमाए । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भैरहवा स्थित भिम अस्पतालका कर्मचारीद्वारा आन्दोलनका कार्यक्रम घोषणा सुनको भाउ घट्यो