ताजा अपडेट »

‘ सरकारले काम गर्न नपाएपछि ताजा जनादेशको निर्णय’

बुधबार, ०८ पुस २०७७, २० : ५५
6 Shares
बुधबार, ०८ पुस २०७७
6 Shares

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्र विवाद सिर्जना भई सरकारलाई काम गर्न नदिइएकाले बाध्याताबस प्रधानमन्त्री केपी शर्मा ओली ताजा जनादेशको निर्णयमा पुगेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा नेता रायमाझीले आफ्नै पार्टीका सांसदहरुले विशेष अधिवेशन माग गरी सरकारविरुद्ध अविश्वासको प्रस्ताव गरिनु विडम्बना भएकाले त्यस्तो अवस्थामा प्रतिनिधिसभाको औचित्व नहुने जनाए ।

उनले भने, “एकातिर सरकारले काम गरेन भन्ने अर्कातिर अविश्वास प्रस्ताव ल्याएर काम गर्न नदिने प्रतिपक्षीबाट पनि नभएको व्यवहार नेकपाकै सांसदबाट हुनु दुःखद् हो । यस्तो स्थितिमा ताजा जनादेशमा जानु सबैभन्दा उत्तम विकल्प हो । सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैन ।” नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार नभएको जिकिर गर्दै आफूहरु सर्वाेच्च अदालतको फैसलापछि निर्वाचनको तयारीमा लाग्ने बताए ।

जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले संविधानमा नभएको व्यवस्था प्रयोग गरेर संसद् विघटन गरेको आरोप लगाए । नेकपाका नेता कृष्णभक्त पोखरेलले अदालतले विघटनको निर्णय बदर गराउने अपेक्षा व्यक्त गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।