ताजा अपडेट »

काठमाडौँमा पाँच तलाबाट खसेर मृत्यु

सोमबार, ०६ पुस २०७७, १३ : ५५
10 Shares

काठमाडौँ । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन भवनको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा आफूले टेकेको रड खुस्किएर भुइँमा पछारिएपछि चाबहिलस्थित मेडिकियर अस्पतालमा लगिएको थियो । अस्पतालले मृत घोषणा गरिसकेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । मृतकका आफन्तको पहिचान गरी सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।