ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देहीकी एक संक्रमितको मृत्यु

विहीबार, ०६ कार्तिक २०७७, १५ : ५१
8 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार कन्चन गाउँपालिका–३ की ४८ वर्षीय महिलाको मृत्यु भएको हो ।

कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिक आइसोलेशनमा भर्ना भएकी महिलाको बिहीवार बिहान मृत्यु भएको प्रवक्ता गौतमले बताए । ती महिलामा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।