ताजा अपडेट »

चुनाव हारे पनि सजिलै सत्ता हस्तान्तरण गर्दिँन : ट्रम्प

विहीबार, ०८ असोज २०७७, ११ : २७
4 Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा हारेपनि सजिलै सत्ता हस्तान्तरण नगर्ने चेतावनी दिएका छन् । हुलाकमार्फत् हुन लागेको सो चुनावको आफुलाई शंका लागेको बताउँदै उनले चुनावको नतिजा अमेरिकी सर्वोच्च अदालत पुग्ने बताए ।

‘मलाई लाग्छ चुनावको नतिजा अमेरिकी सर्वोच्च अदालतसम्म पुग्नेछ किनभने मलाई हुलाकमार्फत् गरिने मतदानमाथि शंका छ ।’ एक पत्रकारको प्रश्नमा भने, ‘म मतपत्रप्रति असहमति जाहेर गर्छु, त्यही नै समस्या हो।’ चुनावमा विपक्षी नेता तथा उ्रम्मेदवार जो बाइडेनसँग हारेपनि शान्तिपूर्ण रुपमा सत्ताबाट नबाहिरिने उनले बताए । सन् २०१६ मा पनि डोनल्ड ट्रम्पले डेमोक्रेटिक उम्मेद्वार हिलेरी क्लिन्टनसँग चुनाव लड्दा पनि नतिजा स्विकार नगर्ने बताएका थिए । हिलेरीले यसलाई अमेरिकी लोकतन्त्रमाथि हमला बताएकी थिइन् ।

यद्यपि, चुनावमा रिपब्लिकन उम्मेद्वार ट्रम्पको जीत भयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।