पाल्पा । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न रैनादेवी छहरा गाउँपालिका जुटिरहेको छ । गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि विभिन्न योजना बनाएर जुटिरहेको हो ।
गाउँपालिकाले विदेशबाट आएकाको रेखदेख गर्ने मात्रै हैन, संकटमा परेका नागरिकको अवस्थाबारे डाटा संकलन गरी न्यून आय भएका, ज्यालामजदुरी गरेर खाने नागरिकलाई राहतका प्याकेजहरुको व्यवस्था समेत गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी सक्रियताका साथ लागेका छन् । यहाँका सबै वडाहरुमा जिल्लामा जारी निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै विपद्मा परेका नागरिकहरुको उद्धारका लागि जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मीहरु सक्रियताका साथ लागेको देखिन्छ ।
१४ सय विपन्न परिवारलाई राहत वितरण
गाउँपालिकाले लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्न अप्ठेयारामा परेकाहरुका लागि राहत वितरण गरेका छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने विपन्न श्रमिकको साँझ बिहानको छाक नअड्कियोस् भनी राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।
उनका अनुसार विपत् व्यवस्थापन कोषमा रहेको बजेटबाट गाउँपालिका भित्र रहेका एक हजार चारसय विपन्न घरपरिवालाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको हो । गाउँपालिकाले पहिलो चरणमा मुख्य मन्त्री ग्रामीण कार्यक्रममार्फत ३ सय घरपरिवारलाई र दोस्रो चरणमा एक हजार एक सय परिवारलाई गाउँपालिकाको विपद् कोषबाट राहत वितरण गरिएको अध्यक्ष कार्कीले बताए ।
विपद् व्यवस्थापन कोष स्थापना
गाउँपालिकाले कोरोना विपद् व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पु¥याउनका लागि ३५ लाखको विपद् व्यवस्थापन कोष स्थापना गरिएको अध्यक्ष कार्कीले बताए ।
सबै स्वास्थ्य संस्थामा पिपिइ सहित स्वास्थ्य सामग्री
गाउँपालिकाले कोरोना भाइरस संक्रमणको उपचारलाई लक्षित गरी उपचारमा प्रयोग गरिने विशेष प्रकारको सुरक्षित पोसाक (पिपिइ) सहित अन्य स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको उपचारमा सुरक्षित भई उपचार सेवा गर्न सहयोग पु¥याउने उद्देश्यका साथ गाउँपालिकाका १२ वटै स्वास्थ्य संस्थाहरुमा पिपिइ सहित स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष चेत कुमारी थापाले बताईन ।
उनका अनुसार गाउँपालिकाले आनै आन्तरिक स्रोत मार्फत वडाका सबै स्वास्थ्यचौकी,एम्बुलेन्स चालक लगायतलाई पिपिइ सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो
प्रतिक्रिया