ताजा अपडेट »

कोरोना संक्रमित भेटिए भन्दै फेसबुकबाट अफवाह फैलाउने पक्राउ

मंगलबार, ०२ बैशाख २०७७, १७ : ०५
2 Shares

दाङ । दाङमा काेराेना भाइरस संक्रमित भेटिए भन्दै फेसबुकबाट अफवाह फैलाएकाे अभियाेगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

फेसबुकमार्फत अफवाह फैलाएकाे अभियाेगमा घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई आज मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म काेही पनि व्यक्ति कोरोना भाइरसकाे बिरामी नरहेकाे पनि उनले प्रष्ट पारेका छन् । उनले भने, ‘ दाङमा काेराेना संक्रमित व्यक्ति भेटिएको भनी तथ्यहीन तथा भ्रामक विवरण फेसबुकमा पोष्ट गरी आम जनमानसमा डर त्रास फैलाउले काम गरेको हुँदा नियन्त्रणमा लिइएकाे हाे ।’

डिएसपी खड्काका अनुसार न्यौपानेले मंगलबार विहान दाङमा पनि एकजना कोरोना भाइरस संक्रमित भएको भनी फेसबुकमा स्टाटस राखेका थिए । न्याैपानेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।