ताजा अपडेट »

शान्ति समाजद्वारा तिलोत्तमाको क्वारेन्टाइनमा निःशुल्क दुग्धजन्य पदार्थ

शनिबार, २९ चैत्र २०७६, २० : ०६
4 Shares

बुटवल । आजबाट मानब अधिकार तथा शान्ति समाज,रुपन्देही शाखाले तिलोत्तमा नगरपालिकाको शंकरनगरमा रहेको क्वारेन्टाइनमा रहनेहरुका लागि नि:शुल्क दुध तथा दुग्धजन्य पदार्थ उपलब्ध गराउन सुरु गरेको छ । नेपाल डेरी एशोसियसन प्रदेश ५ का अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका कोषाध्यक्ष, कृष्ण भट्टराईको सौजन्यमा दुध तथा दुग्धजन्य पदार्थ उपलब्ध गराइने भएको मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष डि.पी खनालले जानकारी दिए ।

लकडाउनका कारण दूध बिक्री नभएको भन्दै कतिपय किसानले दूध गाईलाई खुवाउने र सडकमा फ्याक्ने गरेका बेला भट्टराईकाे साे कदमले अन्य किसानलाई पनि बिक्री नभएको दूध कसरी सदुपयोग गर्ने भन्ने संदेश दिने अपेक्षा गरिएको छ । क्वारेन्टाइनमा रहेका १८ जनाका लागि दैनिक १० लिटर दुध तथा समय-समयमा पनिर, दही लगायतका दुग्धजन्य पदार्थ उपलब्ध गराइने उनले जानकारी गराएका छन् । लकडाउन अवधिभर नि:शुल्क प्रदान गरिने यो सेवा अन्तरगत क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढेको अवस्थामा आवश्यकता अनुसार दुग्धजन्य पदार्थ तथा दुधको मात्रा वृद्धि गर्दै लगिने समाजका अध्यक्ष खनालले जानकारी दिएका छन् । यसअघि शान्ति समाजले बुटवलको देविनगरमा रहेका विपन्न ६० घरपरिवारलाई ५० हजार मूल्य बराबरको खाद्य सामग्री उपलब्ध गराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।