ताजा अपडेट »

१० दिनपछि बाबुरामको शव उठाउने सहमति

बुधबार, २६ चैत्र २०७६, १६ : ४४
4 Shares

बुटवल । सामाजिक विकास मन्त्रालय र आफन्तहरु बीच बुधबार भएको सम्झौता पछि उपचारको क्रममा १० दिन अघि निधन भएका बाबुराम थापाको शव उठाउन परिवार राजी भएका छन्।

मानवअधिकारकर्मी विनोद पहाडी, गोविन्द खनाल, पदमवहादुर कार्की, पाल्पाली सम्पर्क समाजका जगत पोखरेल लगायतको रोहबरमा भएको छलफल पछि परिवारले शव बुझेका हुन्। सहमति अनुसार सामाजिक विकास मन्त्रालयले मृतकका दुई छोरालाई कक्षा १२ सम्म अध्ययन/अध्यापन गराउने, सैनामैना नगरपालिकाले मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने छ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले थापाको निधन दुर्घटनावस भएको बताउँदै आश्रित परिवारको राहतको लागि सबैको जिम्मेवारी हुने बताए । विश्व कोरोनाको महामारीको शंकटसँग जुधिरहेको अवस्थामा नागरिकहरुको स्वास्थयप्रति राज्य जिम्मेवार रहेको बताउँदै सबैको सहकार्यबाट शंकट टार्न सकिने बताए । घटनाप्रति चासो र चिन्ता भएको बताउँदै उनले प्रदेशमा आइसोलेशन अस्पतालहरुको व्यवस्थापन, चिकित्सकहरुको खटनपटन तथा प्रयोगशाला व्यवस्थापनमा समय व्यवस्थापन गर्दा मृतकको घर गई सान्त्वना दिन चाहेको भएपनि दिन नसकिएको बताए । मन्त्री वरालले मृतकको आफन्तजनमा समवेदना समेत व्यक्त गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।