ताजा अपडेट »
आईसीसी टी–२० विश्वकप

भारतसँग ५० रनले पराजित हुँदै बंगलादेश ‘सुपर एट’ बाट बाहिरियो

आइतबार, ०९ असार २०८१, ०७ : २८
90 Shares
आइतबार, ०९ असार २०८१
90 Shares

बुटवल । उपाधि दाबेदार भारतसँग पराजित हुँदै आईसीसी टी–२० विश्वकपको सुपर ८ बाट बंगलादेश बाहिरिएको छ। शनिबार राति भएको खेलमा बंगलादेशलाई ५० रनले पराजित गर्दै भारत सेमिफाइनल नजिक पुगेको छ। सुपर ८ मा भारतले लगातार दोस्रो खेलमा जित निकाल्दै ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ। जारी विश्वकपमा भारत अपराजित छ। 

लगातार दोस्रो खेलमा पराजित बंगलादेश तालिकाको पुछारमा छ।  भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४६ रन मात्र बनाउन सक्यो। १ खेल खेलेको अष्टेलिया २ अंकमा दोस्रो स्थानमा छ। समान खेलबाट अफगानिस्तान अंक विहिन रुपमा तेस्रो स्थानमा छ।

कप्तान नजमुल होसैन सान्टोले बनाएको ४० रन नै बंगलादेशका लागि सर्वाधिक रह्यो। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। तान्जिन हसनले २९ र रिसद होसैनले २४ रन थपे। भारतका लागि कुलदिप यादवले ३ विकेट लिए। अर्शदिप सिंह र जसप्रित बुमराहले समान २ विकेट लिए। हार्दिक पाड्याले १ विकेट लिए। 

त्यसअघि बंगलादेशले टस जिेतर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९६ रनको योगफल तयार पारेको थियो। हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे। उनले २७ बलमा ४ चौका र ३ छक्का सहयोगमा ५० रनमा नटआउट रहे। 

विराट कोहली ३७, रिसव पन्त ३६ र शिवम् दुवेले ३४ रन प्रहार गरे। कप्तान रोहित शर्मा २३ रनमा क्याच आउट भए। बंगलादेशका लागि तान्जिम हसन सकिव र रिसद हौसैनले समान २ विकेट लिए। सकिव अल सनले एक विकेट लिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।