ताजा अपडेट »

पाल्पामा स्कारपियो दुर्घटना, ९ जना घाइते

आइतबार, ०२ असार २०८१, १० : २६
800 Shares
आइतबार, ०२ असार २०८१
800 Shares

बुटवल । पाल्पाको निस्दी गाउँपालिका-४ इयांलिङस्थित कच्चि सडक खण्डमा स्करपियो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज बिहान ४ः२० बजेको समयमा भिरपानीबाट रामपुर तर्फ फर्कदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि पाल्पा रामपुर ९ की २८ वर्षिया रचना राना, रामपुर ७ की २० वर्षीया सबिना राना, सोही स्थानका चालक ३० वर्षिय मोहन अर्याल, रामपुर ५ का ३४ वर्षीय शंकर श्रेष्ठ र रामपुर ४ की १९ वर्षीया श्रृया रुवाल रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि घाइते हुनेमा रामपुर ५ की २१ वर्षीया डोल्मा खण्डाल, २० वर्षीया अनिषा सिंह ठकुरी, २३ वर्षीया ममता श्रेष्ठ र १९ वर्षीया दिपा हिस्की मगर रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुको तत्काल उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाईएकोमा थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।