ताजा अपडेट »

क्रिकेटर देव खनाल बने प्रीमो एजुकेशनको ब्राण्ड एम्बेसडर

शुक्रबार, ३२ जेठ २०८१, १८ : १२
400 Shares
शुक्रबार, ३२ जेठ २०८१
400 Shares

बुटवल । क्रिकेटर देव खनाल प्रीमो एजुकेशन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडर बनेका छन् ।  नेपाली यू–१९ का पूर्व कप्तान तथा राष्ट्रिय क्रिकेट टोलीको समूह ‘ए’मा रहेका खनालले आफूलाई खेलकूदमा अघि बढ्नका लागि थप सहयोग मिल्ने अपेक्षासहित ब्राण्ड एम्बेसडर नियुक्त भएको उल्लेख गरे ।

बुटवल उपमहानगरपालिका–३ का खनालले उमेर समूह अन्तरगत १९ वर्ष मुनिको खेलमा नेपालको कप्तानी गर्दै अन्तर्राष्ट्रिय प्रतियोगताहरुमा सहभागी भएका छन् भने सिनियर समूहमा समेत रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । २०८१ जेठ ८ गते प्रीमोले देव खनाललाई ५ वर्ष लामो समयका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको पत्रकार सम्मेलन गरि जनाईएको हो ।

पत्रकार सम्मेलनमा बुटवल निर्देशक सागर केसीले नेपाली क्रिकेट खेलमा सानो भएपनि योगदान गरौ भन्ने उद्देश्यले ब्राण्ड एम्बेसडरमा खनाललाई नियुक्त गरिएको बताए । उनले उदाउँदो खेलाडीको रुपमा खनाललाई देखेकोले ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको जानकारी दिए ।

प्रीमोका पोखरा शाखा निर्देशक रमेश कुमार थापाले खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन सहयोग गरेको बताए । उनले यसबापत एकमुष्ट एवं खेल अनुसार समेत रकम दिँदै आएको बताए । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलाडी देब खनालले क्यानकै प्रोटोकल भित्र रहेर प्रीमोको ब्रान्ड एम्बेसडर बनेको बताए । उनले देश तथा विदेशमा प्रचार प्रसार गर्ने तथा व्यवसायिक हितमा रहेर काम गर्ने बताएका छन ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले खेलाडिको प्रोत्साहन गर्नुले दीर्घकालीन रुपमा फाईदा पुग्ने बताए । प्रीमोले अष्ट्रेलिया, क्यानडा, युके तथा युरोपका विभिन्न देशहरु तथा दुबइ र दक्षिण कोरियामा विद्यार्थी पठाउनुका साथ साथै पिटिई र आयल्स कक्षा अध्यापन हुने गरेको छ । प्रीमोको प्रधान कार्यालय अष्ट्रेलियाको सिडिनीमा रहेको छ भने शाखा कार्यालय बुटवल, पोखरा र काठमाडौंमा रहेका छन ।

प्रीमो एजुकेसनकोको ल्याङेवेज पार्टनरको रुपमा ल्याङेवेज एकेडेमी रहेको छ । ल्याङेवेज एकेडेमीले प्रीमोको शाखाहरु मार्फत भाषा प्रशिक्षण समेत गर्दै आएको छ । प्रीमोले ५० भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।