ताजा अपडेट »

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा

बुधबार, २३ जेठ २०८१, १४ : ४४
38 Shares
बुधबार, २३ जेठ २०८१
38 Shares

पोखरा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरा मा कालोझण्डा देखाइएको छ । पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउनेक्रममा सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा प्रदर्शन गरेका थिए ।  प्रहरीले कालोझण्डा देखाउने केहि सहकारी पिडितलाई पक्राउ गरेको छ । आफुलाई कालोझन्डा देखाएपछि उनले सरकार पीडितहरूको पक्षमा रहेको र ५ लाखसम्मको बचत फिर्ता गर्ने यहि सरकार भएको बताएका थिए । उनले आफुलाई कालोझण्डा देखाएर ब्लण्डर गरेको बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।