ताजा अपडेट »

मोबाइल व्यवसायी संघ रुपन्देही गठन, अध्यक्षमा गुप्ता

शुक्रबार, ११ जेठ २०८१, १७ : ३४
114 Shares
शुक्रबार, ११ जेठ २०८१
114 Shares

भैरहवा । नेपाल मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन गरिएको छ । शुक्रबार भैरहवामा भएको भेलाले बैजनाथ गुप्ता (बी.एन.)को अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

भैरहवा निवासी गुप्ता मोबाइल व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष समेत हुन् । कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, उपाध्यक्षमा सालिकराम क्षेत्री, महासचिवमा राजकुमार गुप्ता, सचिवमा भुवन पाण्डे, कोषाध्यक्षमा दान बहादुर जि.सी. र सह–कोषाध्यक्षमा दिनेश गुप्ता रहेका छन् ।

त्यस्तै सदस्यहरुमा हरि बहादुर पाण्डे, दिपक पौडेल, प्रविण गैरे, सुमित कौशल, धिरज अग्रहरी, ऋषि न्यौपाने, पुरुषोत्तम खनाल, ईश्वर घिमिरे, सन्तोष श्रेष्ठ र मुक्तिराम न्यौपाने रहेका छन् । त्यस्तै संघको मानार्थ सदस्यमा सन्तोष नाउ रहेका छन् ।

नेपाल मोबाइल व्यवसायी महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष डी.एन. भण्डारीको अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका महासचिव रमेश घिमिरे, केन्द्रीय सदस्य विष्णु ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघको लुम्बिनी प्रदेश सचिव विकास गौतमले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।