ताजा अपडेट »

नेपालको शिक्षा र राजनीति

विहीबार, १३ बैशाख २०८१, ११ : ०२
266 Shares
विहीबार, १३ बैशाख २०८१
266 Shares

शिक्षा समाजलाई परिवर्तन गर्न सक्ने सकारात्मक पक्ष अन्तर्गत पर्दछ । शिक्षाले व्यक्तिमा रहेको प्रतिभालाई प्रस्फुटन गराई उसको व्यक्तित्व विकासमा सहयोग गर्छ । शिक्षा जीवन पर्यन्त चलिराख्ने एक निरन्तर प्रक्रिया हो। शिक्षाको विकास नेपालमा हेर्ने हो भने वि.स. २००७ पश्चात राणा शासनको अन्त्य भइसकेपछि तीव्र गतिमा भएको देखिन्छ । तर पनि अहिले नेपालमा आएर शिक्षाको क्षेत्रमा सोचेको जस्तो परिवर्तन हासिल गर्न सकिएको छैन् । अहिले केबल विद्यार्थी पढाउने र बाहिर पठाउने जस्तो प्रवृत्ति बढी मात्रामा रहेको छ ।
 
म अहिले १० कक्षाको अन्तिम परीक्षा दिएर बसेको छु । यस १० वर्षको यात्राले म मा के कस्तो परिवर्तन ल्यायो भनेर म आजको यस लेखमा बताउन गइरहेको छु। शिक्षाले म भित्र धैर्यता संस्कार र समावेशिता एवं विविधतालाई एकताको रुपमा अंगाल्ने बानीहरुको विकास गरायो। तर जीवनमा आवश्यक आधारभूत आवश्यकताहरुलाई परिपूर्ति गर्नको लागि चाहिने सीपको विकास गर्न सकेको छैन् । मैले आफ्नो जीवनमा जे जति सिप सिकेको छु त्यो सबै बाहिरी पुस्तकको अध्ययन गरेर अथवा आफैले अभ्यास गरेर सिकेको छु। रट्ने र त्यही रटेको कुरालाई पुन परीक्षामा गएर प्रस्तुत गरी प्राप्त गरी आफूलाई सर्वस्व ठान्ने आफूलाई सर्वश्रेष्ठ ठान्ने बानी म भित्र सानैदेखि थिएन । 

मैले जति पढेको याद हुन्थ्यो त्यो त परीक्षामा गएर लेख्थे तर त्यो भन्दा पनि बढी जान्ने इच्छाले गर्दा म बाहिरी पुस्तकहरुलाई बढी प्राथमिकता दिन थाले र आज मैले बिस्तारै आफ्नो ठाउँ बनाइरहेको छु ।  जसकारण मैले बुझे अनुसार अहिलेको युग सूचना तथा सञ्चार प्रविधिको युग हो । अहिलेको युगमा कुनै पनि सूचना प्राप्त गर्न गाह्रो छैन। पहिला पो हामीसँग कुनै सर्च इन्जिन थिएन ।  गुगोल जस्तो सुविधा थिएन।  

हामीले विभिन्न पुस्तकहरुलाई रटेर त्यो सबै सूचनाहरु मस्तिष्कमा राखिराख्नुपर्ने बाध्यता थियो तर अहिले हामी सबैको खल्तीमा फोन छ । ती फोनमा इन्टरनेट छ जसकारण अहिलेको युग सूचना तथा सञ्चारको युगको यस युगको महत्व के छ भनेर भन्नुपर्दा अहिले यसैको प्रयोग गरेर अमेरिका तथा अन्य युरोपेली राष्ट्रहरु विकासको मार्गमा अग्रसर रहेका छन् ।

नेपालमा शिक्षाको विकासको लागि प्रयासहरू नभएका पनि होइन्। नीति नियम एवं ऐन कानुनहरू नबनेका पनि होइन तर बनेको कानुनको कार्यान्वयन गर्न नसक्दा यसले ठूलो समस्या निम्त्याएको छ । बौद्धिक पलायनबाट ग्रसित मेरो देशमा अहिले कुनै व्यापार सञ्चालन गर्छु केही काम गरेर नेपाललाई विकास गराउँछु भन्ने सोच राख्दा हरेक क्षेत्रमा फैलिएको राजनीतिले गर्न खोज्ने व्यक्तिहरुलाई दिक्क बनाइदिन्छन् ।

राजनीति नराम्रो विषय होइन अथवा राजनीति नराम्रो तत्व होइन समाजको विकासको लागि राजनीतिको आवश्यकता पर्छ । तर राजनीति कहाँ गर्ने र कहाँ नगर्ने कोसँग गर्ने र कोसँग नगर्ने जस्तो विषयहरुमा गहन छलफल हुन अझै पनि आवश्यक देखिन्छ नेपालमा शिक्षाको क्षेत्रमा भएको राजनीतिको कारणले शिक्षाको विकासमा बाधा पुर्याएको म स्वयंले महसुश गर्दछु ।

मैले आफ्नो टिचरहरुलाई स्कुलमा कसरी परिवर्तन ल्याउने भन्दा पनि कुन पार्टीलाई सहयोग प्रदान गर्ने जस्तो विषयहरूमा छलफल गरेको देखेको छु। विद्यालयहरूमा परिवर्तन ल्याउन खासै ठूलो धनको आवश्यकता पर्दैन मनको आवश्यकता पर्छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।