ताजा अपडेट »

मनमोहन अधिकारीको स्मृतिमा आज विविध कार्यक्रम गरी मनाइँदै

विहीबार, १३ बैशाख २०८१, ०९ : ५६
92 Shares
विहीबार, १३ बैशाख २०८१
92 Shares

बुटवल । नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस आज बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुँदैछिन् । अधिकारी दक्षिण एसियाकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्षका रूपमा चिनिन्छन् ।

अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघातबाट निधन भएको थियो । एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै कार्यकालमा वृद्ध भत्ता, सामाजिक सुरक्षाका कार्यक्रम, ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’ जस्ता अभियान सुरु भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।