ताजा अपडेट »

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

विहीबार, १३ बैशाख २०८१, ०६ : ३९
140 Shares

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सुनगाभा रिसोर्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा।लि।बीच बुधबार छुट सम्झौता भएको छ । कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको प्राइम कमर्सियल बैंक लिमिटेड बेथरी शाखा प्रमुख लोकमणि भट्टराईले बताए ।

उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुलाई सुनगाभामा खाना र कोठामा १० प्रतिशत छुट प्रदान गरिनेछ । त्यस्तै प्राइम कमर्सियल बैंक लि। र तिलोत्तमा–५ स्थित लुम्बिनी आई केयर अप्टिकल एण्ड कन्ट्याक्ट लेन्स क्लिनिकबीच सम्झौता भएको छ । सम्झौता अनुसार कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गरिनेछ ।

सम्झौता अनुसार मोतीयाबिन्दुको शल्यक्रिया ९सर्जरी० मा १० प्रतिशत, पेट्रीजियम सर्जरीमा १० प्रतिशत, चालाजयिन सर्जरीमा १० प्रतिशत, अप्टिकल फ्रेममा १५ प्रतिशत, ब्रांकेड लेंसद्वारा जीस, होया, सिक्रोनी र एस्सिलोरमा ३ प्रतिशत, रेगुलररलोकल लेन्समा ५ प्रतिशत र प्रिस्क्रिप्शन कन्ट्याक्ट लेन्समा ४ प्रतिशत छुट प्रदान गरिनेछ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई देशभर २ सय भन्दा बढी शाखा संजालमार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।