ताजा अपडेट »

हङकङसँग नेपालको ४ विकेटले लज्जास्पद हार : इमर्जिङ टिम्स पनि गुम्यो

शनिबार, ०८ बैशाख २०८१, २० : २६
124 Shares

बुटवल । नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले लज्जास्पद हार व्यहोरेको छ । योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी–२० एसिया कप पनि गुमाएको छ ।

हङकङसँगै फाइनलमा पुगेका युएई र ओमान उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसँग खेल्नेछन् ।

१४० रनको लक्ष्य पछ्याएको हङकङले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हङकङका अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्कासहित ६५ रनमा नट आउट रहे । नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे । बाबर हायत २६, अजिज खान १२, यासिम मुर्तजा र अदित गोरावारा ९–९ रनमा आउट भए । नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाएका थिए । त्यसैगरी हङकङका बलर आयुष सुक्लाले सर्बाधिक ३ विकेट लिए भने अत्तिक इकवाल, यासिम मुर्तजा र एहसान खानले एक एक विकेट लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।