ताजा अपडेट »

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

शनिबार, ०८ बैशाख २०८१, १८ : ०८
38 Shares

काठमाडौँ । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी खेलमा टस  जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाएका थिए । त्यसैगरी हङकङका बलर आयुष सुक्लाले सर्बाधिक ३ विकेट लिए भने अत्तिक इकवाल, यासिम मुर्तजा र एहसान खानले एक एक विकेट लिएका थिए ।
    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।