ताजा अपडेट »

गुल्मीमा साढे ३ हजार बढीलाई मोतिया बिन्दुको समस्या, कुन पालिकामा कति ? (विवरणसहित)

विहीबार, ०६ बैशाख २०८१, १७ : ५३
184 Shares

गुल्मी । गुल्मी जिल्लामा आँखामा मोतिया बिन्दु रोगको समस्याबाट पीडितको संख्या ३ हजार ५ सय ४३ जना रहेको एक तथ्याङ्कले देखाएको छ । नेपाल नेत्र ज्योति संघ गुल्मीले बिहिबार सार्वजनिक गरेको तथ्याङ्कले उक्त संख्या देखाएको हो ।

पालिकागत तथ्याङ्क हेर्दा चन्द्रकोट गाउँपालिकामा मोतिया बिन्दु रोगीको संख्या २६९ जना रहेको छ ।उक्त पालिकामा वार्षिक ५४ जनालाई अप्रेशन गर्नुपर्ने देखिएको छ । मोतिया बिन्दुका कारण दृष्टिबिहिनको संख्या ८ जना रहेको छ । आँखाको समस्या भएका बालबालिकाहरु २४४ जना रहेका छन् । कम दृष्टि भएका बालबालिका १८३ जना रहेका छन्।  सुगर भएका बिरामीहरुको संख्या ७५० रहेको छ । मधुमेह रोगका १५० जना रहेका छन् । भने आँखाको तत्काल उपचार गर्नुपर्ने संख्या ३० जना रहेको छ ।

छत्रकोट गाउँपालिकामा मोतिया बिन्दुका रोगी २७६ जना, वार्षिक अप्रेशन गर्नुपर्नेको संख्या ५५ जना, दष्टिबिहिनको संख्या ९ जना, आँखाको सामान्य समस्या भएका बालकालिका २५० जना, कम दृष्टि भएका बालबालिका १८८ जना र डाइभिटिज भएका बिरामीको संख्या ७७० जना, मधुमेहका १५४ जना र तत्काल आँखाको उपचार गर्नुपर्ने ३१ जना रहेका छन् ।

धुर्कोट गाउँपालिकामा मोतिया बिन्दुका रोगीको संख्या २६९ जना, वार्षिक अप्रेशन गर्नुपर्नेको संख्या ५४, दृष्टिबिहिनको ९ जना, आँखाको सामान्य समस्या भएका बालबालिकाको संख्या २४३ जना, कम दृष्टि भएका बालबालिकाको संख्या १८२ जना, डाइभिटिजका बिरामीको संख्या ७४८ जना, मधुमेहका १५० जना, र तत्काल उपचार गराउनुपर्ने ३० जना रहेका छन् ।

गुल्मीदरबार गाउँपालिकामा मोतिया बिन्दुका रोगीको संख्या २७९, वार्षिक अप्रेशन गर्नुपर्ने ५६ जना, दृष्टिबिहिनको संख्या ९ जना, आँखाको समान्य समस्या भएका बालबालिकाको संख्या २५२ जना, कम दृष्टि भएका बालबालिकाको संख्या १८९, डाइभिटिज भएका बिरामीको संख्या ७७७, मधुमेहका १५५ र तत्काल उपचार गर्नुपर्ने ३१ जना रहेका छन्् ।

इस्मा गाउँपालिकामा २६६ जनालाई मोतियाविन्दु रहेको छ । ५३ जनाको वार्षिक अप्रेशन गर्नुपर्ने, दृष्टिबिहिनको संख्या ८ जना, आँखाको समस्या भएका बालबालिकाको संख्या २४१ जना, कम दृष्टि भएका बालबालिकाको संख्या १८१ जना, डाइभिजिटका बिरामीको संख्या ७४१, मधुुमेहका बिरामीको संख्या १४८ र तत्काल उपचार गनुपर्नेको संख्या ३० जना रहेको छन्।

कालीगण्डकी गाउँपालिकामा २१७ जनालाई मोतिया बिन्दु रहेको छ । ४३ जना वार्षिक अप्रेशन गर्नुपर्ने, सात जना, दृष्टि बिहिन, आँखाको समस्या भएका बालबालिकाको संख्या १९६, कम दृष्टि भएका बालबालिकाको संख्या १७४, डाइभिटिजका बिरामीको संख्या ६०४ , मधुमेहका बिरामीको संख्या १२१, र तत्काल उपचार गराउनुपर्नेको संख्या २४ जना रहेका छन् ।

मदाने गाउँपालिकामा २८५ जना मोतिया बिन्दुका रोगी छन् । वार्षिक अप्रेशन गर्नुपर्नेको संख्या ५७ रहेको छ । दृष्टिबिहिनको संख्या ९ जना रहेको छ । आँखाको समस्या भएका बालाबालिकाको संख्या २८५ जना, कम दृष्टि भएका बालबच्चाको संख्या १९३ जना, डाइभिटिजका बिरामीको संख्या ७९३ जना, मधुमेहका बिरामीको संख्या १५९ जना र तत्काल उपचार गराउनुपर्नेको संख्या ३२ जना रहेको छ ।

नगरपालिका बाहेक गाउँपालिकाहरुमध्ये सबैभन्दा ठुलो जनसंख्या रहेको मालिका गाउँपालिकामा मोतिया बिन्दुका रोगीको संख्या २९० जना रहेको छ । वार्षिक अप्रेशन गराउनुपर्नेको संख्या ५८ जना, दृष्टिबिहिनको संख्या ९ जना, आँखाको समस्या भएका बालबालिकाको संख्या २६२ जना, कम दृष्टि भएका बालबालिकाको संख्या १९७ जना, डाइभितिज बिरामीको संख्या ८०७ जना, मधुमहेका बिरामीको संख्या १६१ जना, र तत्काल उपचार गराउनुपर्नेको संख्या ३२ जना रहेको छ ।

मुसिकोट नगरपालिकामा ४१३ जना मोतिया बिन्दुका बिरामी छन् । ८३ जनाको वार्षिक अप्रेशन गर्नुपर्ने, दृष्टिबिहिन १३ जना, आँखाँको समस्या भएका बालबालिकाको संख्या ३७४, कम दृष्टि भएका बालबालिकाको संख्या २८०, डाइभिटिजका बिरामीको संख्या १ हजार १५० जना, मधुमेहका बिरामीको संख्या २३० जना र तत्काल उपचार गराउनुपर्नेको संख्या ४६ जना रहेका छन् ।

रेसुंगा नगरपालिकामा ४ सय ५५ जना मोतिया बिन्दुका बिरामी छन् । ९१ जनाको वार्षिक अप्रेशन गर्नुपर्ने , १४ जना दृष्टिबिहिन छन् । आँखाँको समस्या भएका बालबालिकाको संख्या ४१२, कम दृष्टि भएका बालबालिकाको संख्या ३०९ , डाइभिटिजका बिरामीको संख्या १ हजार २६७, मधुमहेका २५३, तत्काल उपचार गराउनुपर्नेको संख्या ५१ जना रहेका छन् ।

रुरुक्षेत्र गाउँपालिकामा २३९ जनामा मोतिया बिन्दुका बिरामी छन् । वार्षिक अप्रेशन गराउनुपर्ने ४८, ७ जना दृष्टिबिहिन , आँखाको समस्या भएका बालबालिका २१६, कम दृष्टि भएका बालबाकलिका १६२, डाइभिििटजका बिरामीको संख्या ६६६, मधुमेहका बिरामीको संख्या १३३ र तत्काल उपचार गराउनुपर्नेको संख्या २७ रहेको छ । त्यस्तै सत्यवती गाउँपालिकामा २८४ जना मोतिया बिन्दुका बिरामी, वार्षिक अप्रेशन गराउनुपर्ने ५७ जना, ९ जना दृष्टिबिहिन, आँखाको समस्या भएका बालबालिकाको संख्या २५७, कम दृष्टि भएका बालबालिकाको संख्या १९३ , डाइभिटिजका बिरामीको संख्या ७९०,मधुमेहका बिरामीको संख्या १५८  तत्काल उपचार गराउनुपर्नेको संख्या ३२ जना रहेका छन् ।

जिल्लाभर तत्काल आँखाको उपचार गराउनेको संख्या ३९४ जना, मधुमेहका बिरामीको संख्या १ हजार ९७२, डाइभिटिजका बिरामीको संख्या ९ हजार ८ सय ६२, कम दृष्टि भएका बालबालिकाको संख्या २ हजार ४०४ जना , आँखाको समस्या भएका बालबाकलिकाको संख्या ३ हजार दई पाँच जना , जिल्लाभर दृष्टिबिहिनको संख्या १११ जना र वार्षिक अप्रेशन गर्नुपर्नेको संख्या ७०९ जना रहेका छन् ।

बिहिबार सरोकारवाला निकायबीच भएको बैठकबाट गुल्मी जिल्लामा विद्यालयतहका विद्यार्थीको दृष्टि परीक्षण अभियान २०८१ घोषणा गरिएको छ । नेपाल नेत्र ज्योति संघ, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र गाउँपालिका, साथै जिल्ला समन्वय समिति गुल्मी सरोकारवाला निकाय रहेका छन् ।

जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले विद्यालय तहमा भर्ना भएका सबै विद्यार्थीहरुको दृष्टि परीक्षण गर्ने, आँखामा समस्या भएका विद्यार्थीहरुलाई आवश्यक उपचार गर्ने, जिल्लास्तरीय, पालिकास्तरीय, विद्यालयस्तरीय समन्वय बनाउने, र यो अभियान सञ्चालन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।