ताजा अपडेट »

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

बुधबार, ०५ बैशाख २०८१, १५ : ०२
80 Shares

काठमाडौं । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको हो ।

साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै नेपाली बलर करण केसी र अविनास बोहोराले २-२ विकेट लिए भने ललित राजबंशी र प्रतिस जिसीले एक एक विकेट लिए । गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको छ ।
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।