ताजा अपडेट »

टस जितेर नेपालले हङकङ विरुद्ध पहिले बलिङ गर्दै, खेल १८ ओभरको

सोमबार, ०३ बैशाख २०८१, १२ : ४६
118 Shares
सोमबार, ०३ बैशाख २०८१
118 Shares

बुटवल । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल र हङकङ खेल्दैछन् । वर्षाका कारण खेललाई १८ ओभरमा झारिएको छ ।

नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् । नेपालले आजको खेल जिते समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

नेपालको प्लेइङ–११ स् आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा

बेन्चस् प्रतिश जिसी, अनिल शाह, विवेक यादव

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।