ताजा अपडेट »

घरदैलो सहकारीको आयोजनामा रक्तदान

आइतबार, २५ चैत्र २०८०, १६ : ५८
56 Shares

बुटवल । तिलोत्तमा ४ डिङ्गरनगरस्थित घरदैलो बचत तथा ऋण सहकारीको आयोजनामा बुटवलमा रक्तदान भएको छ ।  

बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा सहकारीका सेयर सदस्य, कर्मचारीलगायत ४५ जनाले रक्तदान गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि कन्सल्ट्यान्ट जनरल फिजिसियन डा प्रकाश भट्टराईले रक्तदान सबैभन्दा ठूलो दान भएको बताउँदैं स्वस्थ्य मानिसले नियमित रक्तदान गर्न आग्रह गरे । 

त्यस्तै, संस्थाका अध्यक्ष बाबुराम गौतमले रक्तदाताको उत्साहप्रद सहभागिताले भविष्यमा पनि यस्ता कार्यक्रम नियमित आयोजना गर्नका लागि प्रेरणा मिलेको बताए । साथै उनले सबै रक्तदातालाई धन्यवादसमेत ज्ञापन गरे । कार्यक्रम सहकारीका सचिव सन्तोष पौडेलले सञ्चालन गरेका थिए । सोही कार्यक्रममा वर्ष २०८१ सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।